देवप्रसाद तिमल्सिनाद्वारा गरुडा समनपुर सडक खन्डको शिलान्यास

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ मंसिर २२, बिहिबार (३ साल अघि)
  • ४ पटक पढिएको
देवप्रसाद तिमल्सिनाद्वारा गरुडा समनपुर सडक खन्डको शिलान्यास

रौतहट ,२२ मंसिर । रौतहटको ऐतिहासिक बजार समनपुरलाई जिल्लाको मुख्य राजमार्गसित जोड्ने सडकको विहीवार शिलान्यास गरिएको छ।

एक समारोहबिच गढीमाई नगरपालिका १ समनपुरस्थित कालीमाई मन्दिर नजिक विधिपूर्वक संयुक्त रुपमा शिलान्यास गरिएको हो।

करिब नौ किलोमिटर दुरी रहेको गरुडा समनपुर सडकको क्षेत्र नम्बर ४ बाट नवनिर्वाचित साँसद देवप्रसाद तिमल्सिना, गढीमाई नगरपालिका कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र प्रसाद यादव, वडाध्यक्षद्वय दीपेन्द्र श्रेष्ठ तथा रामपुकार राय यादव, समाजसेवी अवधकिशोर ठाकुरले संयुक्त शिलान्यास गरेका हुन्।

कालोपत्रेसहित सडकको दुवैतिर पक्की नालासमेत हुने पक्की सडक गरुडादेखि समनपुरसम्म निर्माण भएपछि आर्थिक नगरी गरुडा र ऐतिहासिक बजार समनपुर दुवैको विकासमा सहयोग पुग्ने विश्वास लिइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस