८ करोडको लागतमा बन्ने कोल्ड स्टोर भवनको नगर प्रमुख श्याम प्रसाद यादबद्धारा शिलान्यास

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ पौष १, शुक्रबार (३ साल अघि)
  • ४ पटक पढिएको
८ करोडको लागतमा बन्ने कोल्ड स्टोर भवनको नगर प्रमुख श्याम प्रसाद यादबद्धारा शिलान्यास

रौतहट , १ पुस I रौतहटको गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवले कोल्ड स्टोरको शिलान्यास गर्नु भएको छ ।बिहिबार जिल्लाको गढीमाई नगरपालिका वार्ड नं. १ समनपुरमा करिव ७ करोड ९२ लाख लागतमा बन्न लागेको कोल्ड स्टोर (भण्डार) भवनको शिलान्यास गर्नु भएको छ ।

नेपाल सरकारको सशर्त अनुदानमा निर्माण हुन लागेको कोल्ड स्टोर (भण्डार) भवनले यस क्षेत्रका किसानहरुलाई प्रत्यक्ष लाभ पुग्ने गरि मेयर यादवले बताउदै, कोल्ड स्टोरको अभावमा गढीमाई नगरपालिकाका कृषकहरूले भोग्दै आएको समस्यलाई मध्य नजर गर्दै निर्माण कार्य अघि बढाइएको बताए ।

नेपाल सरकारको सशर्त ५० प्रतिशत अनुदन तथा पालिकाको ५० प्रतिशत लगानीमा कोल्ड स्टोर भण्डार निर्माण भई हुन लागेका लेखा प्रमुख कामेश्वर सहनीले जानकारी गराए ।

शिलान्यास कार्यक्रममा गढीमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, वडा नं. १ का वडाध्यक्ष रामपुकार यादव लगायतका जनप्रतिनिधि तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस