मटिहानी गुठीका महन्थ जगन्नाथ दास पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ पौष ३, आईतबार (३ साल अघि)
  • ४ पटक पढिएको
मटिहानी गुठीका महन्थ जगन्नाथ दास पक्राउ

रौतहट ,३ पुस I प्रहरीले महोत्तरी जिल्लाको मटिहानी गुठीका महन्थ जगन्नाथ दास वैष्णवलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार महन्थ वैष्णवले मेगा बैंक रूपन्देही शाखाबाट कीर्ते गरी ७० लाख रुपैयाँ झिकेको आरोपमा वैष्णवलाई लक्ष्मी नारायण मठबाट आइतबार बिहान पक्राउ गरिएको हो । 

सरकारले रोक्का राखेको महन्थ वैष्णवको नाममा रूपन्देहीस्थित मेगा बैंकको खातामा रहेको  ७० लाख सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर कीर्ते गरी झिकेको आरोपमा उनलाई पक्राउ गरिएको हो।

सरकारी हस्ताक्षर किर्ते गरेको आरोपमा पक्राउ  परेका महन्थलाई कारबाहीका लागि रूपन्देही पठाएको महोत्तरीका प्रहरी उपरीक्षक पङ्गेनीले जानकारी दिएका छन।

ताजा अपडेट

खोजी गर्नुहोस