नक्कली नोटसहित एक भारतीय युवक पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ पौष ३, आईतबार (३ साल अघि)
  • ४ पटक पढिएको
नक्कली नोटसहित एक भारतीय युवक पक्राउ

रौतहट ,३ पुस I महोत्तरीमा नक्कली नोटसहित एक युवक पक्राउ परेका छन् । शनिबार जलेश्वर नगरपालिका–३ मलिवाडा बजारबाट २१ वर्षीय रमन कुमार पक्राउ परेका छन् ।

उनी भारतीय नागरिक छन् । घुम्ती पसलमार्फत उनले नक्कली नोट साट्न खोजेका थिए । शंका लागि स्थानीयले उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको थियो । प्रहरीले उनको खान तलासी गर्दा उनको साथबाट ११ हजार नेपाली रकम एक हजारको नक्कली नोट बरामद भएको थियो ।

पक्राउ परेका रमन अहिले महोत्तरी प्रहरीको हिरासतमा छन् । जिल्ला अदालत महोत्तरीबाट दश दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान गरिरहेका छन् । पछिल्लो समय खुला सीमाका कारण भारतबाट नक्कली नोटको कारोबार बढ्दै गएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस