नवनिर्वाचित सांसदको शपथ ग्रहण, ओली फरक रुपमा प्रस्तुत

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ पौष ७, बिहिबार (३ साल अघि)
  • २ पटक पढिएको
नवनिर्वाचित सांसदको शपथ ग्रहण, ओली फरक रुपमा प्रस्तुत

रौतहट,७ पुस I नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अन्य सांसदहरुजस्तै शपथका लागि सहभागी भए । संसद भवनमा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सबै सदस्यहरूलाई शपथ गराउने कार्यक्रममा ओली भने फरक रुपमा प्रस्तुत भए । 

हरेक प्रतिनिधिसभा सदस्य शपथका लागि शपथको ब्यहोराको प्रतिसहित उपस्थित हुँदा ओलीले भने त्यसो गरेनन् । उनले शपथ पत्र बिनै शपथ लिए । उनको सचिवालयले सार्वजनिक गरेको तस्बिरमा ओलीले शपथ लिँदा शपथ पत्र बोकेको देखिँदैन । जबकी उनीसँगै देखिएका सबै सांसदहरुले हातमा शपथ पत्र बोकेर जबराले उच्चारण गरे अनुसार वाचन गरिरहेका छन् । 

उसो त ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको शपथ गराउँदा उनले एउटा शब्द उच्चारण गर्न मानेका थिएनन् । राष्ट्रपतिले दोहोर्याएर उक्त शब्द उच्चारण गर्न लगाउँदा पनि उनले ‘त्यो पर्दैन’ भनेर जवाफ फर्काएको विषय अझै पनि बेलाबेलामा चर्चाको विषय हुन्छ ।

यही क्रममा आज पनि ओली शपथ पत्र बिनै उपस्थित भएका विषयलाई ‘त्यो पर्दैन शैली’को निरन्तरता भन्दै सामाजिक सञ्जालमा व्यङ्ग्य सुरु भएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस