रौतहटमा सशस्त्र प्रहरीद्वारा लाखौँको कच्चा घिउ बरामद

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ पौष ११, सोमबार (३ साल अघि)
  • ५ पटक पढिएको
रौतहटमा सशस्त्र प्रहरीद्वारा लाखौँको कच्चा घिउ बरामद

रौतहट,११ पुस I रौतहटको ईशनाथ नगर क्षेत्रबाट ठुलो परिमाणमा भारतबाट अवैध रूपमा आयातित भैँसीको घिउ बरामद गरेको छ।

विशेष सूचनाको आधारमा  ईशनाथ नगरपालिका ४ स्थित शिवमंगल महराको खरको गोठ बाट आइतबार साँझ सशस्त्र प्रहरीको टोलीले १६ कुईन्टल घिउ बरामद गरेको हो । बरामद घिउको ८ लाख ५३ हजार मूल्याङ्कनसहित आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौर पठाइएको सशस्त्र प्रहरी ११ नम्बर हेक्का प्रमुख एसपी ध्रुवबहादुर कार्कीले जानकारी दिएका छन। 

तस्करीको हब बनेको रौतहटको ईशनाथ नगरपालिका अन्तर्गतको बंजरहा, औरैया, लतमरी नाकाबाट दिनहुँ तस्करी भइरहेका छन् । लालबकैया नदी पारीको नाकाबाट महिनैपिच्छे नेपाली तथा भारतीय रकम पक्राउ पर्नु, तस्करीको चीनी बरामद हुनु, भारतीय मलखाद फेला पर्नु प्रहरी प्रशासनको कमजोरी पुष्टि गरिरहेको स्थानीय प्रत्यक्षदर्शी बताउँछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस