श्री बाबा बैजूनाथ सुगर एण्ड केमिकल इंडस्ट्रीज प्रा.लि.मा ट्रवाईन पड़किदा करोड़ोको क्षति

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ पौष १३, बुधबार (३ साल अघि)
  • ४ पटक पढिएको
श्री बाबा बैजूनाथ सुगर एण्ड केमिकल इंडस्ट्रीज प्रा.लि.मा ट्रवाईन पड़किदा करोड़ोको क्षति

रौतहट, १३ पुस I रौतहटमा सञ्चालनमा रहेको श्री बाबा बैजुनाथ सुगर एण्ड केमिकल्स प्रालिमा टरवाइन ब्लास्ट हुँदा करोडौँको क्षति भएको छ । जिल्लाको कटहरिया नगरपालिका–९ स्थित डुमरियामा रहेको सो चिनी मिलमा मंगलबार टर्वाइन ब्लास्ट भएको हो ।

मिल संचालक बैजुनाथ जैसवालका अनुसार उखु क्रसिङ गरिरहेका अवस्थामा अचानक टवाइन ब्लास्ट भएको थियो । टवाइन ब्लास्ट हुँदा झण्डै ५ करोडको क्षति भएको उनले बताउनु भयो । अहिले मिल पनि बन्द भएको छ ।

प्राविधिक टोली भारतबाट आउँदै छ । केही दिनमा चिनि मिल पुनः सञ्चालन हुन्छ, उनले भने । चिनि मिल बन्द हुँदा किसानले बिक्रीको लागि ल्याएको उखु अलपत्र परेको छ ।

जिल्लाको दोस्रो ठुलो उधोग रहेको मिल बन्द हुँदा उखु किसान झन मर्कामा परेका छन ।श्री रामसुगर मिल बन्द भएपछि अर्को बैजुनाथ चिनि मिल सुचारु रहदा आश पलाएको थियो ।

तर मंगलबार अचानक ब्लास्ट हुँदा चिनि मिल बन्द भएको र सो मिल कहिले सन्चालन आउँछ भनि किसानमा चिन्ता छाएको हो I

ताजा अपडेट

खोजी गर्नुहोस