सरकारमा जाने राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्णय

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ पौष १३, बुधबार (३ साल अघि)
  • ६ पटक पढिएको
सरकारमा जाने राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्णय

रौतहट,१३ पुस I राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा जाने निर्णय गरेको छ ।

बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई यसअघि नै समर्थन गर्ने निर्णय गरेको राप्रपा सरकारमा सहभागी हुनेबारेमा अनिर्णित हुँदै आएको थियो । तर, आजको बैठकमा सहभागी अधिकांश नेताले सरकारमा जानुपर्ने सुझाव दिएसँगै पार्टी सरकारमा जाने निर्णय भएको एक नेताले जानकारी दिए । 

बैठकमा निर्देशन समिति गठन,  लेवी र सांसदको स्वकीय सचिव नियुक्ति, पार्टी हित विपरीत गतिविधि गर्नेलाई कारबाहीलगायतका विषयमा पनि छलफल भएको बताइएको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस