ट्रकले माेटरसाइकललाई ठक्कर दिँदा एक जनाकाे मृत्यु : मकवानपुर

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ पौष १५, शुक्रबार (३ साल अघि)
  • ४ पटक पढिएको
ट्रकले माेटरसाइकललाई ठक्कर दिँदा एक जनाकाे मृत्यु : मकवानपुर

रौतहट,१५ पुस I मकवानपुरकाे बकैया गाउँपालिका ५ तिनतलेमा सिमेन्ट बाेकेकाे ट्रकले माेटरसाइकललाई ठक्कर दिँदा एक जनाकाे ज्यान गएकाे छ ।

दुर्घटनामा माेटरसाइकल चालक हेटाैँडा उपमहानगरपालिका १८ फुर्केचाैरका ३० वर्षीय विक्रम भम्जनकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ । 

दुर्घटनामा घाइते भएका भम्जनकाे उपचारका क्रममा चुरेहिल अस्पतालमा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयाे । दुर्घटनामा घाइते भएका चारमध्ये एक जनाको ज्यान गएकाे हाे । 

हेटौँडाबाट फापरबारी जाँदै गरेको ना २२ प ९९७७ नम्बरको मोटरसाइकललाई त्यही दिशातर्फ जाँदै गरेको ना ७ ख १३५२ नम्बरको ट्रकले ठक्कर दिएकाे थियाे । घाइतेहरूकाे हेटाैँडा अस्पतालमा उपचार भइरहेकाे छ I

ताजा अपडेट

खोजी गर्नुहोस