सशस्त्र प्रहरीद्वारा १ कट्ठा १० धुर क्षेत्रफलको प्रतिबन्धित गाँजा नष्ट

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ पौष १५, शुक्रबार (३ साल अघि)
  • ६ पटक पढिएको
सशस्त्र प्रहरीद्वारा १ कट्ठा १० धुर क्षेत्रफलको प्रतिबन्धित गाँजा नष्ट

रौतहट,१५ पुस I सशस्त्र प्रहरीले १ कट्ठा १० धुर क्षेत्रफलको जग्गामा रोपिएका गाँजाका बिरुवा फडानी गरेको छ ।

सिरहा नगरपालिका वडा नम्बर २१ लगडिगोडस्थित विभिन्न ठाउँमा लगाइएका प्रतिबन्धित लगभग ५ सय ५० वटा बोट बिरुवा फडानी गरी नष्ट गरिएको हो ।

बिओपी लगडिगदियानीबाट सशस्त्र प्रहरी नायब निरीक्षक लिलाबहादुर बुढाथोकीको नेतृत्वमा खटिएको ७ जनाको टोली र प्रहरी चौकी लगडिगोठबाट खटिएको प्रहरी सहायक निरीक्षक गौरीशंकर साह नेतृत्वको ७ जनाको टोलीले गाँजा फडानी गरी नष्ट गरेको सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) गणेश ठाडा मगरले जानकारी दिए । 

ताजा अपडेट

खोजी गर्नुहोस