भारतीय क्रिकेटर ऋषभ पन्तको कार दुर्घटनाहुदा गम्भीर घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ पौष १५, शुक्रबार (३ साल अघि)
  • ४ पटक पढिएको
भारतीय क्रिकेटर ऋषभ पन्तको कार दुर्घटनाहुदा गम्भीर घाइते

रौतहट,१५ पुस I भारतीय क्रिकेट टिमका विकेटकिपर ऋषभ पन्त चढेकाे कार दुर्घटना भएकाे छ । उत्तराखण्डकाे प्रदेशकाे रुडकीमा आज शुक्रवार भएकाे कार दुर्घटनामा ऋषभ पन्त गम्भीर घाइते भएका छन् । 

समाचार एजेन्सी पीटीआईका अनुसार क्रिकेटर पन्तकाे कार उत्तराखण्डकाे रुडकीमा डिभाइडरमा ठाेक्किएकाे हाे । कारमा ऋषभ एक्लै रहेका र आफैँले कार चलाइरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई उपचारका लागि देहरादूनकाे म्याक्स अस्पतालमा भर्ना गरिएकाे छ । 

दुर्घटनापछि कारमा आगाे लागेकाे र ऋषभ झ्याल फाेडेर बाहिर निस्किएका सञ्चारमाध्यमले जनाएका छन् । उनकाे खुट्टा र शरीरकाे केही भागमा गम्भीर चाेट लागेकाे र अहिले खतरामुक्त रहेका डाक्टरहरूले बताएका छन् । अहिले उनकाे अवस्था खतरामुक्त छ ।

कार चलाउँदा पन्त निदाएकाले कारले नियन्त्रण गुमाएर डिभाइडरमा ठाेक्किएकाे प्रहरी अधिकारीहरूले बताएका छन् । उनी कारबाट उत्तराखण्डमा रहेकाे आफ्नाे घर जाँदै थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस