पत्रकार असुर्क्षित हुदै, मेयरद्वारा ज्यान मार्ने धम्की

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ पौष १९, मंगलबार (३ साल अघि)
  • ४ पटक पढिएको
पत्रकार असुर्क्षित हुदै, मेयरद्वारा ज्यान मार्ने धम्की

रौतहट,१९ पुस I धनुषाका पत्रकार शैलेन्द्र महतो (क्रान्ति)लाई ज्यान मार्ने धम्की दिएकोप्रति नेपाली कांग्रेस मधेश प्रदेशले आपत्ति जनाएको छ।

त्यस्तै, नेपाल पत्रकार महासंघ धनुषा शाखाले पत्रकारलाई ज्यान मार्ने धम्की दिने मेयरलाई कारबाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ। आइतबार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झाले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउँदै धनुषाको विदेह नगरपालिकाका मेयरलाई कारबाहीको माग गरेकी हुन्।

विदेह नगरपालिकाका मेयर बेचन दासले सञ्चारकर्मी शैलेन्द्र महतो ‘क्रान्ति’लाई प्रदेशसभाकै परिसरमा ज्यान मार्ने धम्की दिएका थिए।

प्रदेश सभामा शपथ ग्रहण समारोह चलिरहेकै बेला पुस १५ गते समाचार संकलनका लागि खटिएका पत्रकार महतोलाई धम्की दिएका नगर प्रमुख दासलाई कारबाही नगरिए चरणबद्ध आन्दोलनमा जान बाध्य हुने अध्यक्ष झाले बताइन्।

ताजा अपडेट

खोजी गर्नुहोस