किशोरी बलात्कार आरोपमा एकजना भारतीय नागरिक पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ पौष २०, बुधबार (३ साल अघि)
  • ५ पटक पढिएको
किशोरी बलात्कार आरोपमा एकजना भारतीय नागरिक पक्राउ

रौतहट ,२० पुस I नाबालिक किशोरीलाई बलात्कार गरेको आरोपमा बाराबाट एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।

बारा प्रहरीले १५ वर्षीय एकजना किशोरी बलात्कार गरेको आरोपमा भारतको मुज्जफ्फरपुर घर भई बाराको निजगढ नगरपालिका वडा नम्बर ९ बस्ने ३७ वर्षका लालबाबु चौधरी पक्राउ गरेको हो ।

यही पुष १५ गते साँझको समयमा चौधरीले स्थानीय ती किशोरीलाई बलात्कार गरेको प्रहरीमा उजुरी परेको थियो । कपडाको व्यवसाय गर्ने चौधरी निजगढमा डेरा लिएर बस्दै आएका थिए । उनलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धानका लागि बारा जिल्ला अदालतबाट म्याद थप गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस