आपराधिक क्रियाकलापमा संलग्न रहेका १५ जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ पौष २०, बुधबार (३ साल अघि)
  • ४ पटक पढिएको
आपराधिक क्रियाकलापमा संलग्न रहेका १५ जना पक्राउ

रौतहट ,२० पुस I काठमाडौं जिल्ला प्रहरी परिसरले फरार भएका आपराधिक क्रियाकलापमा संलग्न १५ जनालाई पक्राउ गरेको छ।

काठमाडौं प्रहरीले एकै दिन लागुऔषध, सवारी ज्यान, विद्युतीय कारोबार अपराध, लिखित कीर्ते, कीर्ते जालसाजी, सम्बन्धविच्छेद, बैंकिङ कसुर र जुवालगायत कसुरमा स‌लग्न १५ जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो। परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले विभिन्न मितिमा काठमाडौं जिल्ला अदालतले कैद र जरिवानाको फैसला सुनाएकामा फरार रहेका १५ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेश गरिएको जानकारी दिए।

अदालतले पक्राउ परेकालाई  चार वर्ष ११ महिना २८ दिन कैद र रु ३७ लाख ९० हजार ७३१ जरिवाना असुल गर्न आदेश दिएको थियो। मंगलबारै प्रहरीले विसं २०५० साउन ११ गते लागुऔषध मुद्दामा अदालतबाट चार वर्ष ११ महिना १९ दिन कैद र पाँच हजार जरिवाना भएपछि फरार काठमाडौं मैतीदेवीका ५९ वर्षीय श्यामकृष्ण शाहीलाई १९ वर्षपछि पक्राउ गरेको थियो।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पेस गरिएको प्रवक्ता मैनालीले बताए।

ताजा अपडेट

खोजी गर्नुहोस