भालुको आक्रमणबाट एक जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ पौष २०, बुधबार (३ साल अघि)
  • ५ पटक पढिएको
भालुको आक्रमणबाट एक जनाको मृत्यु

रौतहट ,२० पुस I अर्घाखाँची -जिल्लाको शितगंगा नगरपालिकामा भालुको आक्रमणमा परी एकजनाको घटनास्थलमै मृत्यु भएको छ।  जिल्लाको शितगंगा नगरपालिका-२ झिर्रा ओखारी निवासी  ७९ वर्षीय रामबहादुर भाट क्षेत्रीको मृत्यु भएको  हो।

बुधबार बिहान ७ बजेको समयमा ओखारीबाट  आरनमा भाँडा बनाउन झिर्रा आउने क्रममा  ओखारीको जङ्गलमा भालुले आक्रमण गरेको थियो। भालुले झम्टिएको ठाउँमा स्थानीयहरू तत्काल पुग्दा भालुले वृद्धलाई छोडेर जङ्गलतिर भागेको थियो।

घटनास्थलमा स्थानीय जनप्रतिनिधि, इलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरीको टोली र स्थानिय बासीन्दाहरु जुटेका छन्। अहिले शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सन्धिखर्क लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ। दिन दहाडै भालुले आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दामा त्रास छ।

ताजा अपडेट

खोजी गर्नुहोस