सर्वोच्चमा सुनुवाइ हुदै : गृहमन्त्री लामिछानेको पद खारेज हुने कानुन व्यवसायीहरुको तर्क

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ पौष २२, शुक्रबार (३ साल अघि)
  • २ पटक पढिएको
सर्वोच्चमा सुनुवाइ हुदै : गृहमन्त्री लामिछानेको पद खारेज हुने कानुन व्यवसायीहरुको तर्क

रौतहट, २२ पुस I उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको सवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा रिट निवेदकको तर्फबाट बहस गरेका कानुन व्यवसायीहरुले लामिछानेको नेपाली नागरिकता नभएकाले उनको सांसद पद खारेज हुनुपर्ने बताए ।

अधिवक्ताहरु सुरेन्द्र भण्डारी, अमृत खरेल, रमण कर्ण लगायतले अमेरिकाबाट फर्किने क्रममा गैरपर्यटक भिसामा आएको र त्यसपछि नेपाली नागरिकता लिएको प्रमाण पेश नभएकाले पनि उनी नेपाली नागरिक नभएको बताएका छन् ।

सहन्यायाधिवक्ता सञ्जिव रेग्मीले भने लामिछानेको नागरिकताबारे कुनै निर्णय नगरेकाले अन्तरिम आदेश जारी गर्नु नपर्ने बताएका छन् । अहिले टि–ब्रेक भएको छ

ताजा अपडेट

खोजी गर्नुहोस