मानबव बेचबिखनमा संलग्न रहेका वीरगञ्ज रानीपोखरी होटलका ३ जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ पौष २७, बुधबार (३ साल अघि)
  • २ पटक पढिएको
मानबव बेचबिखनमा संलग्न रहेका वीरगञ्ज रानीपोखरी होटलका ३ जना पक्राउ

पवन कुमार उपाध्याय
रौतहट,२७ पुस I
जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जको एक होटलका व्यवस्थापकसहित ३ जनालाई पक्राउ गरेको छ ।

मानव बेचबिखन तथा ओसारपसार एक बहुआयामिक, बहुक्षेत्रगत एवं विश्वव्यापी समस्याको रूपमा रहेको छ । मानबव बेचबिखन तथा ओसार प्रसारमा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ निवासी ५४ वर्षीय अनिल कुमार अरोडा, महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ११ का ३७ वर्षीय रमेशकुमार श्रेष्ठ र लम्जुङको राइनास नगरपालिका वडा नम्बर ४ का ३२ वर्षीय डोलनाथ कट्टेललाई पक्राउ गरेको हो । 

वीरगञ्जको लिंक रोडस्थित रानीपोखरी होटलका व्यवस्थापक अनिल र वैटर रमेशसहित डोलनाथलाई प्रहरीले पक्राउ गरेको हो । होटलमा मानव बेचबिखन तथा ओसारपसारको काम भइरहेको सूचनाको आधारमा प्रहरीले पुष २४ गे राति १० बजे चेकजाँच गर्दा होटलको कोठा नम्बर १०८ मा एक जना युवतीसहित डोलनाथ आपत्तिजनक अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

प्रारम्भिक अनुसन्धानका क्रममा २५ वर्षीया युवतिले जबरजस्ती वेश्या वृत्ति गर्न बाध्य पारिएको भनी बयान दिएपछि व्यवस्थापकसहित संलग्न रहेको आरोपमा ३ जनालाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । अनिल र रमेशले कारागारमा जेल जीवन बिताइरहेका श्रीमानलाई छुटाइ दिने र एक रातकै नगद ४ हजार दिलाई दिने प्रलोभन महिलालाई देखाएको प्रहरीको भनाई छ । 

पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिइ थप अनुसन्धान गरिरहेको प्रवक्ता गिरीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस