आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउदै

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ पौष २७, बुधबार (३ साल अघि)
  • २ पटक पढिएको
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउदै

रौतहट,२७ पुस I राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार पश्चिम गेटअगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा मल्यार्पण गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आज बिहान शाहको शालिकमा माल्यार्पण गरेकी हुन्। पृथ्वीजयन्तीको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।  पुस २७ गतेलाई पृथ्वी नारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

३०१ औँ पृथ्वी जयन्तीका अवसरमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी पृथ्वीनारायणको सिंहदरवारस्थित शालिकमा माल्यार्पण गर्न पुगेकी हुन् । सो अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । त्यस्तै सो अवसरमा र्‍याली तथा विभिन्न सांस्कृतिक झाँकीसमेत निकालिएको थियो । पृथ्वी नारणण शाहले नेपाल एकीकरणमा महत्वपूर्ण योगदान दिएको स्मरणमा पृथ्वी जयन्ती मनाउने गरिएको छ  । यद्यपी पृथ्वी जयन्तीमा सरकारले यसअघि कटौती गरेको बिदा यसपटक दिने निर्णय गरेको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस