आज बिहान पोखरामा भएको एयरलाइन्सको जहाज दुर्घटनामा ३६ जनाको मृत्यु भएको पुष्टि

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ माघ १, आईतबार (३ साल अघि)
  • ३ पटक पढिएको
आज बिहान पोखरामा भएको एयरलाइन्सको जहाज दुर्घटनामा ३६ जनाको मृत्यु भएको पुष्टि

रौतहट, १ माघ I आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा हालसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले सेती नदीको खोचबाट शव निकाल्ने क्रम चलिरहेको जानकारी दिँदै हालसम्म ३६ जनाको शव निकालिएको जानकारी दिए ।  

उनका अनुसार शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । मृतकहरु अधिकांश पोखरा क्षेत्रकै रहेको जानकारी दिँदै प्रमुख अधिकारी केसीले हालसम्म कसैलाई पनि जिवितै उद्धार गर्न नसकिएको बताए । ‘जिवित उद्धार गर्न सकिन्छ कि भनेर हामीले प्रयास गर्यौँ । तर कसैलाई जिवित निकाल्न सकिएन ।’

खोँचमा विमान खसेपछि ठूलो आगलागी भएको थियो । काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए । यात्रुमध्ये १० जना विदेशी नागरिक रहेको प्रारम्भिक सूचना आएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस