२५ जनाको शव बोकेका एमआई–१७ हेलिकप्टर त्रिभुवन विमानस्थलमा अवतरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ माघ ३, मंगलबार (३ साल अघि)
  • २ पटक पढिएको
२५ जनाको शव बोकेका एमआई–१७ हेलिकप्टर त्रिभुवन विमानस्थलमा अवतरण

रौतहट, ३ माघ । पोखराबाट शव लिएर आएको सेनाको एमआई–१७  हेलिकप्टर महाराजगञ्ज स्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानमा अवतरण हुन नसकेपछि एयरपोर्टमा फर्केको छ । 

विमान दुर्घटनामा ज्यान गुमाएका २५ जनाको शव लिएर आएको हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवक्ता टेकनाथ सिटौलाले बताए । उनले भने–‘प्रहरी प्रशिक्षण प्रतिष्ठानमा अवतरणमा समस्या भएपछि विमानस्थलमै अवतरण भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शव त्रिवि शिक्षण अस्पतालमा लगिँदै छ । पहिचान हुन नसकेका थप २३ शव स्काई ट्रकमा काठमाडौं पठाउन लागिएको कास्कीका एसपी अजय केसीले बताएका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस