रौतहटमा नेपाल रेडक्रस सोसाइटीको पहलमा बिपन परिवारलाई कम्बल बितरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ माघ ३, मंगलबार (३ साल अघि)
  • ४ पटक पढिएको
रौतहटमा नेपाल रेडक्रस सोसाइटीको पहलमा बिपन परिवारलाई कम्बल बितरण

पवन कुमार उपाध्याय

रौतहट ,३ माघ। चिसोबाट प्रभावित रौतहटका ५५ गरिब तथा विपन्न परिवारलाई नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाले कम्बल वितरण गरिएको छ । पछिल्लो केही दिनदेखि बढेको चिसो बाट बचाउन सोसाइटी सभापति राजकिशोर यादवको पहलमा स्थानीय सयौँ परिवारलाई कम्बल वितरण गरिएको हो ।

स्थानीय कटहरिया नगरपालिका २ हंथियाही स्थित रेडक्रस सोसाइटी उपशाखाको अधिवेशनको अवसरमा प्रमुख अतिथि तथा जिल्ला सभापति यादवले एकल महिला,दलित, अपाङ्ग विपन्न गरी ५५ परिवारलाई कम्बल वितरण गरेका थिए । उक्त अवसरमा जिल्ला सभापति राजकिशोर यादवका साथै रेडक्रस उपशाखा सभापति शिवचन्द्र लाल कर्ण, माओवादी नेता रामाकान्त चौरसिया लगायतको उपस्थिति रहेको थियो ।

अत्याधिक चिसो र शीतलहरका कारण दैनिक ज्यालादारी गर्नेहरु समस्यामा परेका छन् भने वृद्धवृद्धा तथा बालबालिकाहरु जोखिममा रहेका छन् । शीतलहर र चिसोका कारण प्रत्येक वर्ष तराईमा स्थानीयले कठ्याङ्ग्रिएर अकालमै ज्यान गुमाउने गरेका छन् । यस लाई मध्य नजर गर्दै नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाले समय समयमा सहयोग गरिएको बताए ।

त्यस अघि नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी बंशिराम अनाथालय गरुडालाई ४० थान  कम्बल वितरण गरिएको सभापति यादवले जानकारी दिएका छन् । त्यसैगरी राजपुर नगरपालिका फतुवामा ५५ ,बौधिमाई सरमुजवामा ३२ परोहा लौकाहामा ५५ , राजदेविमा ३० र गौर नगरपालिका सबगढ टोल स्थित ७५ सहित ३४२ परिवारलाई कम्बल वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस