हत्या आरोपित सांसदलाई पक्राउ गरिने बताए : गृहमन्त्री लामिछाने

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ माघ ५, बिहिबार (३ साल अघि)
  • ४ पटक पढिएको
हत्या आरोपित सांसदलाई पक्राउ गरिने बताए : गृहमन्त्री लामिछाने

रौतहट,०५ माघ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले हत्या अभियोग लागेका सांसद लक्ष्मी महतो कोइरीलाई विधि र पद्धतिअनुसार पक्राउ गरिने बताएका छन्। 

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कोइरीलाई पक्राउ गर्न गराएको ध्यानाकर्षणबारे जवाफ दिँदै गृहमन्त्री लामिछानेले सांसद कोइरीको विषयमा आफूहरू गम्भीर रहेको बताएका हुन्। 

उनले भने, ‘फरार रहनुभएका मानिस संसदमा हुनुहुन्छ, पक्राउ गर्न भन्नुभयो, विधि र पद्धति भन्दा बाहिर गएर गृह मन्त्रालय एक कदम बाहिर निस्किदैन। यो प्रक्रियामा कसैले दबाब र प्रभाव पार्नुहुने छैन भन्ने आशा छ, विधि स्थापित गरेर कर्मचारीको सरुवा बढुवा हुन्छ। गृह मन्त्रालय आफ्नो निर्णयमा टसमस छैन। हामीले विधि र पद्धति स्थापित गर्छौं भनेर देखाइरहनु पर्दैन, यो स्वतःसिद्ध छ।’

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीमाथि हत्या आरोपको मुद्दा अदालतमा विचारधीन छ। उनी महोत्तरी १ बाट निर्वाचित भएका हुन्।

ताजा अपडेट

खोजी गर्नुहोस