बर्ड फ्लुबाट किसानलाई भएको क्षतिपूर्ति मन्त्रालय दिने तयारी गर्दै : ज्वाला कुमारी साह

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ माघ ७, शनिबार (३ साल अघि)
  • ४ पटक पढिएको
बर्ड फ्लुबाट किसानलाई भएको क्षतिपूर्ति मन्त्रालय दिने तयारी गर्दै : ज्वाला कुमारी साह

रौतहट,७ माघ। कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले नेपालमा पोषक तत्व प्रोटिनको उपलब्धता पर्याप्त नभएको बताएकी छिन्।

शनिवार काठमाडौंमा आयोजित दोस्रो संस्करणको राइट टु प्रोटिन रन हाफ म्याराथन कार्यक्रममा बोल्दै उनले गरिबी समुदायको बालबालिकाहरूको प्रोटिनको कमीका कारण नेपामा ठूलो संख्यामा कुपोषणको समस्या आइरहेको बताइन्।

उनले बालबालिकाको उमेरअनुसार समग्र विकासमा सन्तुलित आहारको आवश्यकता भए पनि आवश्यक प्रोटिनको उपलब्धता नहुँदा विभिन्न रोगहरूको सिकार भइरहेको बताइन्।

उनले कृषि मन्त्रालय खाद्यान्नहरूमा नेपाललाई आत्मनिर्भर बनाउन प्रयासरत रहेको पनि उल्लेख गरिन्। उनले किसानहरूले कुखुराको आहारको उचित मूल्य नपाएको र बर्डफ्लुबाट भएको क्षतिको आवश्यक क्षतिपूर्ति पनि नपाइरहेको जिकिर गरिन्।

उनले बर्ड फ्लुबाट भएको क्षतिअनुसार क्षतिपूर्ति दिन मन्त्रालय तयारी गरिरहेको पनि बताइन्। मन्त्री साहले कृषि तथा पशुजन्य उत्पादनहरू बढाइ कृषिमा आत्मनिर्भर हुन लागिपरेको बताइन्।

ताजा अपडेट

खोजी गर्नुहोस