स्कुटी र मोटरसाइकल एक आपसमा लड्दा एकजनाको मृत्यु‚ २ जना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ माघ ११, बुधबार (३ साल अघि)
  • ४ पटक पढिएको
स्कुटी र मोटरसाइकल एक आपसमा लड्दा एकजनाको मृत्यु‚ २ जना घाइते

रौतहट, ११ माघ। विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

कोशी राजमार्गअन्तर्गत विराटनगर–३ ढाटमा बुधबार बिहान भएको दुर्घटनामा सुनसरी धरान–८ का ५५ वर्षीय प्रेमबहादुर श्रेष्ठको मृत्यु भएको हो। उनी प्रदेश १ संसद सचिवालयका कर्मचारी हुन्।

बिहान ८ः५५ बजे भएको दुर्घटनामा उनी सिकिस्त भएका थिए। तत्काल उपचारका लागि विराट मेडिकल एण्ड टिचिङ हस्पिटलमा भर्ना गरिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको मोरङ प्रहरीका नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए।

विराटनगरतर्फबाट इटहरीतर्फ गइरहेको को ३८ प ५३८७ नम्बरको स्कुटी र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १ –०४–००१ ब ०००७ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतक श्रेष्ठ मोटरसाइकलमा थिए।

स्कुटीमा सवार बुढीगंगा–२ का रोशन बिकलाई समेत गहिरो चोट लागेको छ। उनको नाक तथा अनुहारमा चोट लागेको  प्रहरीले जनाएको छ। स्कुटीको पछाडि रहेका विराटनगर–४ का २५ वर्षीय विशाल प्रसाईसमेत घाइते भएका थिए। दुवैको उपचार भइरहेको  छ।

ताजा अपडेट

खोजी गर्नुहोस