गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ माघ १३, शुक्रबार (३ साल अघि)
  • ३ पटक पढिएको
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज

रौतहट,१३ माघ। सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज हुने फैसला  गरेको छ। 

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः लिनुपर्ने प्रक्रिया पूरा नगरेको ठहर गर्दै अदालतले लामिछानेको सांसद पद खारेज गरिएको अदालतले जनाएको छ। 

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले शुक्रबार यस्तो फैसला गरेको हो। 

शुक्रबार लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता नरेन्द्र केसी तथा अधिवक्ताहरू आशिष अधिकारी, सुदिप पन्त र यज्ञमणि न्यौपानेले बहस गरेका थिए। त्यसपछि रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र रमण कर्ण तथा अधिवक्ता अनिता श्रेष्ठले जवाफी बहस गरे। 

लामिछानेले अमेरिकी नागरिकता त्यागेपनि कानुनबमोजिम निष्कृय भएको पुरानै नागरिकता प्रयोग गरी पार्टी खोलेको र चुनाव लडेको भन्दै सांसद पद खारेजीको माग गरी अधिवक्ता रविराज बसौला, युवराज पौडेलले रिट दायर गरेका थिए। 

ताजा अपडेट

खोजी गर्नुहोस