गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले सम्हाल्ने

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ माघ १४, शनिबार (३ साल अघि)
  • ४ पटक पढिएको
गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले सम्हाल्ने

रौतहट, १४ माघ। राष्ट्रपति विद्यादेवी भण्डारीले गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने गरी तोकेकी छिन्। 

रवि लामिछानेले शुक्रबार पदबाट राजीनामा दिएकाले प्रधानमन्त्रीको सिफारिसमा गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले शनिबार विज्ञप्ति जारी गर्दै  यसबारे जानकारी गराएका हुन्। लामिछानेले अमेरिकी नागरिकता त्यागेर पुन: नयाँ नागरिकता लिनुपर्ने प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्चले उनलाई गैरनागरिक घोषित गरेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस