मौलापुर मधानी महोत्सवमा यही फाल्गुण ६ गते पवन सिंह र काजल राघवानी आउदै

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ माघ १४, शनिबार (३ साल अघि)
  • ४ पटक पढिएको
मौलापुर मधानी महोत्सवमा यही फाल्गुण ६ गते पवन सिंह र काजल राघवानी आउदै

सागर संगम ठाकुर

रौतहट, १४ माघ। रौतहटको मौलापुरमा प्रत्यक वर्ष हुदै आएको मधानी महायज्ञ यस वर्ष फाल्गुण ६ गते हुन गईरहेको छ ।

मौलापुर नगरपालिकाले आयोजना गर्दै आइरहेको मधानी महायज्ञमा यसपाली भोजपुरीका ख्याती प्राप्त सुपर स्टार कलाकारहरु पावर स्टारको नामले चिन्निे,पवन सिंह आउने भएको छ ।

मौलापुरको पतौरा स्थित प्राचीन पुरातत्वीक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गराउने उदेश्यले मौलापुर नगरपालिका केही बर्ष अघि देखि मधानी महायज्ञको आयोजना गर्दै आएकोछ,।
यस्तै फाल्गुन ६ गते हुने सांस्कृतिक कार्यक्रममा भोजपुरी जगतकी चर्चित नायिका काजल रघवानीको बेजोड प्रस्तुती रहने मधानी महोत्सवको आयोजकले जनाएको छ ।

साथै आउदो फाल्गुन ७ गते मौलापुरमा अन्तर्राष्ट्रीय कुस्ती प्रतियोगिता हुने भएको छ ।
कुस्ती प्रतियोगिता नेपालका प्रसिद्ध पहलवान देवा थापा लगायतको चर्चित कुस्ति खेलाड़ीहरु मौलापुरमा आउने भएको आयोजकले जानकारी दिनु भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस