पाकिस्तानमा बस दुर्घटना हुदा ४० जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ माघ १५, आईतबार (३ साल अघि)
  • ३ पटक पढिएको
पाकिस्तानमा बस दुर्घटना हुदा ४० जनाको मृत्यु

रौतहट,१५ माघ। पाकिस्तानको दक्षिणपश्चिममा पर्ने एक स्थानमा बस पुलबाट खसेर आगलागी हुँदा ४० जनाको मृत्यु भएको एक सरकारी अधिकारीले आइतबार जानकारी दिएका छन्।

मृतकहरू पहिचान बाहिर भएका बलुचिस्तान प्रान्तको लसबेला जिल्लाका एक वरिष्ठ अधिकारी हम्जा अन्जुमले बताए। बस पुलको एउटा पिलरमा ठोक्किएर दुर्घटना भएको थियो। बसमा ४८ यात्रु सवार थिए र तीनजनालाई जीवितै उद्धार गरिएको जनाइएको छ ।

सन् २०१८ मा पाकिस्तानको सडक दुर्घटनामा परी २७ सयभन्दा बढी मानिस मारिएका विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । रासस

ताजा अपडेट

खोजी गर्नुहोस