भगवान रामको मुर्ती निर्माणको लागि नेपालबाट देवशिला जनकपुर हुँदै भारत लगिने

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ माघ १५, आईतबार (३ साल अघि)
  • ४ पटक पढिएको
भगवान रामको मुर्ती निर्माणको लागि नेपालबाट देवशिला जनकपुर हुँदै भारत लगिने

रौतहट,१५ माघ । भारत उतर प्रदेशको अयोध्यामा भगवान रामको मूर्ति निर्माण गर्न नेपालको कालीगण्डकीबाट ल्याईएको देवशिला जनकपुरधाम आईपुगेको छ ।

शनिबार राति जनकपुरधाम ल्याइएको दुईवटा देवशिलाको आईतबार बिहान जानकी मन्दिर प्रांगणमा विशेष पूजा अर्चना गरिएको छ ।

देवशिलाको मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री सरोजकुमार यादव, सभामुख रामचन्द्र मण्डल, प्रतिनिधि सभा सदस्य जुली महतो लगायतले पूजा अर्चना गरेका हुन् ।देवशिला दर्शनको लागि जानकी मन्दिर प्रांगणमा आज दिनभरि रह्ने र सोमबार बिहान पुनः पूजापाठ गरि अयोध्याको लागि हिँड्ने जानकी मन्दिरका मानमहन्थ राम तपेश्वर दासले बताउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस