सांसद चौधरीलाई पक्राउ गरि अदालतमा पेस गरियो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ माघ २०, शुक्रबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

रौतहट,२० माघ। बिहीबार पक्राउ परेका प्रतिनिधिसभा सदस्य तथा नागरिक उन्मुक्तिका सचेतक अरुणकुमार चौधरीलाई जिल्ला अदालत कैलालीमा पेस  गरिएको छ।

फरार प्रतिवादीको सूचीमा रहेका चौधारी बाँकेमा बिहीबार पक्राउ परेका हुन्। चौधरीलाई कोहलपुरबाट पक्राउ गरिएको थियो।

चौधरी संसदीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेर कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। उनै प्रतिनिधि सभा सदस्य चौधरी विगत १० वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका थिए।

उनलाई ट्याक्टर जलाएको सरकारीवादी फौजदारी मुद्दामा जिल्ला अदालत कैलालीको फैसलाले करिब १० वर्ष पहिले ६ महिना कैद तोकेको थियो। तर, अदालतको उक्त फैसलाअनुसार उनले कैद सजाय भुक्तान नगरी फरार बनेका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस