प्रभु साहको पार्टीको गित रेकर्ड गर्न कलाकारलाई ल्याउन पुर्‍याउन सरकारी गाडीको दुरुपयोग,नियमन गर्ने निकाय मौन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ फागुन १, सोमबार (३ साल अघि)
  • ४ पटक पढिएको
प्रभु साहको पार्टीको गित रेकर्ड गर्न कलाकारलाई ल्याउन पुर्‍याउन सरकारी गाडीको दुरुपयोग,नियमन गर्ने निकाय मौन

बिमलेश कुमार झा
फागुन ०१, २०७९
रौतहट— सरकारी गाडी दुरुपयोग भइरहेको जनगुनासो नयाँ होइन । उहिलेदेखि अहिलेसम्म पनि सरकारी कर्मचारी देखि जनप्रतिनिधिहरुले सरकारी गाडी दुरुपयोग गरिरहेका छन् ।

जनताको पसिनाबाट उठेको करबाट लाखौँ करोडौँ मूल्यको गाडी किनेर जनप्रतिनिधि र कर्मचारीहरू आफ्नो घरायसी प्रयोजनमा समेत प्रयोग गरिरहेका छन् ।

सरकारी कामकाजबाहेक अन्य काममा प्रयोग गर्न नपाइने सरकारी गाडीको मौलापुर नगरपालिकाले दुरुपयोग गरेको पाइएको छ।

मौलापुर नगरपालिकाको नगरप्रमुख रिना साह चढ्ने गाडीलाई पूर्व मन्त्री प्रभु साह नेतृत्वको आमजनता पार्टीको गीत रेकर्ड गर्न कलाकारलाई ल्याउने पुर्‍याउने काम गरेको प्रत्यक्षदर्शीले बताउँछन्। नियमविपरीत सरकारी गाडीमा कलाकारलाई ल्याउने पुर्‍याउने कामको लागि प्रयोग गरिएको एक प्रत्यक्षदर्शीले बताए ।

आइतबार नगरपालिकाको गाडीमा नियमविपरीत मेयर साहले पूर्व मन्त्री प्रभु साहको नव गठित पार्टीको गीत रेकर्ड गर्न कलाकारलाई ल्याउने पुर्‍याउने कामको लागि आफू चढ्ने सरकारी गाडीलाई दुरुपयोग गरि कानुनलाई धज्जी उडाएकी छन्। रिना साह पूर्व मन्त्री साहको श्रीमती हुन्।
आजकाल जनप्रतिनिधि र सरकारी कर्मचारीले आफू अनुकूल सरकारी गाडीको प्रयोग गर्न थालेका हुन् । विभिन्न मेला महोत्सव, घुमघाम र निजी काममा समेत सरकारी गाडी प्रयोग भइरहेका छन् । तर कुनै पनि निकायले गाडी दुरुपयोग भएको नियमन गरेको छैन ।

सरकारी साधनको दुरुपयोग भएको देख्दा स्थानीयसमेत दिक्क भएका छन् । ‘एक स्थानीयले भने, ‘सर्वसाधारण एउटा हेल्मेट नलगाई गाडी चलाउदा ट्राफिक प्रहरीले पन्ध्र सयको चिट काटछन् तर यस्तो कानुन मिच्ने ठूलाबाडालाई कानुनले छोदैन्न।

ताजा अपडेट

खोजी गर्नुहोस