लागुऔषधसहित एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ फागुन ३, बुधबार (३ साल अघि)
  • ५ पटक पढिएको
लागुऔषधसहित एक जना पक्राउ

रौतहट,०३ फागुन। जुम्ला प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । चन्दननाथ नगरपालिका-७ सडक खण्डबाट गोप्य सूचनाको आधारमा एक जनालाई पक्राउ गरिएको हो । 

चन्दननाथ-९ उमखोला वस्ने वर्ष १९ को कवीन्द्र रावललाई  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी प्रह्लाद कार्कीले बताए । उनका अनुसार  रावल क १ ज ४८ नं. सुजुकी कम्पनीको खैरो रङ्गको ईइसियो भ्यानका चालक समेत हुन्। शङ्कास्पद रूपले गाडी भित्र बसी रहेको अवस्थामा सादा पोसाकमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । 

प्रहरी सहायक निरीक्षक कुल बहादुर रोकाया हितको प्रहरी टोलीले निजलाई चेकजाँच गर्दा निजले लगाएको सेतो कालो कलरको ज्याकेटबाट निज बसेको सिटमा लागुऔषध लिइएको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस