सर्लाहीमा एक युवकमाथि कुटपिट

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ फागुन ७, आईतबार (३ साल अघि)
  • ४ पटक पढिएको
सर्लाहीमा एक युवकमाथि कुटपिट

रौतहट,७ फागुन। सर्लाहीको बरहथवामा विद्यालयको अवस्था बुझ्न गएका एक युवकमाथि कुटपिट गरिएको छ ।

बरहथवा नगरपालिका–१० मा अवस्थित दुर्गा सरस्वती जनता माध्यमिक विद्यालयको पढाइको अवस्था बुझ्न गएका स्थानीय २१ वर्षीय कृष्णकुमार चौधरीमाथि कुटपिट गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष रामनारायण यादवले चौधरीको टाउकोमाथि कुर्सी प्रहार गर्दा उनको टाउको फुटेको छ । उनलाई १० वटा टाँका लगाइएको छ । घाइते चौधरीले राजनीतिक पूर्वाग्रह राखेर पूर्वअध्यक्ष यादवले आफूमाथि कुटपिट गरेको दाबी गरेका छन् ।

यता, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष यादवले चौधरीसँग सामान्य विवाद मात्र भएको बताए । चौधरी विद्यालयमा आएर अनावश्यक विवाद सिर्जना गरेको यादवले बताए। स्थानीय भने पूर्वअध्यक्ष यादवले विद्यालयमा आफ्नो अड्डा जमाएर बस्ने गरेको गुनासो गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस