सप्तरीमा एक महिलाले जन्माईन एकै पटकमा तीन सन्तान

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ फागुन १०, बुधबार (३ साल अघि)
  • ४ पटक पढिएको
सप्तरीमा एक महिलाले जन्माईन एकै पटकमा तीन सन्तान

रौतहट,१० फागुन। सप्तरी जिल्लाक‍ो रुपनी गाउँपालिका एक महिलाले एकै पटकमा तीन सन्तानलाई जन्म दिएकी छिन् । रुपनी गाउँपालिका वडा नम्बर १ रायपुर बस्ने ओमरामकी पत्नी सरस्वती रामले एकै पटक तीन सन्तानलाई जन्म दिएकी हुन् ।

सरस्वतीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार दिउँसो दुई जना छोरा र एक जना छोरी जन्म दिएक‍ो स्थानीय सन्तोष यादवले जानकारी दिए । दुई छोराको तौल क्रमशः १ कलो ६६० ग्राम र १ किलो ४८० ग्राम रहेको छ भने छोरीको तौल १ किलो ६६१ किलोग्राम रहेको छ ।

प्रसुती व्यथा लागेपछि उनलाई धरान लगिएको थियो । उनले पहिलो पटक बच्चा जन्माउँदा तीन सन्तान जन्म भएको हो । एकै पटक तीन बच्चाको जन्म दिएकी सरस्वतीको परिवारलाई आर्थिक अवस्था कमजोर भएका कारण बच्चाको पालनपोषण गर्न समस्या हुने भएकोले  सहयोग गरिदिन यादवले सामाजिक संजाल मार्फत आग्रह गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस