काठमाडौंको माइतीघरमा राजा आऊ देश बचाऊँको नारा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ फागुन २०, शनिबार (२ साल अघि)
  • ४ पटक पढिएको
काठमाडौंको माइतीघरमा राजा आऊ देश बचाऊँको नारा

रौतहट,२० फागुन। व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौंको माइतीघरमा व्यापक प्रदर्शन गरेको छ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई उपस्थित गराई झापाबाट सुरु भएको अभियानले बुटवल हुँदै देशका विभिन्न शहरमा प्रदर्शन गरिसकेको छ। महाअभियानले आर्थिक अन्याय र बेथितिविरुद्ध काठमाडौंमा पनि प्रदर्शन गर्न लागेको प्रसाईंले बताए। 

अभियानले नेपाललाई हिन्दु राष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने, बैंकको ब्याजदर घटाउनु पर्ने, २० लाखम्म ऋण मिनाहा गर्नुपर्ने लगायतका विषयमा १३ बुँदे अपिल गरेको छ।

पदर्शनकारीहरूले राजा आऊ देश बचाउँ, संघीयता खारेज गर्, हिन्दु राज्‍य जिन्दावाद जस्ता नाराहरू लगाएका थिए।प्रदर्शनलाई लिएर बानेश्वर माइतीघर क्षेत्रको सुरक्षा व्‍यवस्था बिहानैदेखि कडा पारिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस