इक्वेडरमा ६.७ म्याग्निच्युडको भूकम्प,१६ जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ चैत्र ५, आईतबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

रौतहट,०५ चैत्र। इक्वेडरको दक्षिणी तटलाई केन्द्रबिन्दु बनाएर ६.७ म्याग्निच्युडको भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ। अमेरिकी जिओलोजिकल सर्भेका अनुसार दक्षिणी सहर बालाओ नजिक केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।

इक्वेडरका आधाभन्दा बढी प्रान्तमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। भूकम्पबाट सबैभन्दा बढी प्रभावित एल ओरु प्रान्तमा ११ जनाको मृत्यु भएको विवरण प्राप्त भएको सरकारी अधिकारीहरुले जनाएका छन्। राष्ट्रपति गुइलेर्मो लासोले उद्धारकर्मीहरू उद्धार कार्यमा संलग्न रहेको र भग्नावशेषमा फसेकाहरूलाई जतिसक्दो चाँडो बाहिर निकालिने बताएका छन्।

राष्ट्रपति कार्यालयको सञ्चार विभागका अनुसार घाइते भएकाहरुको अस्पतालमा उपचार भइरहेको छ। तर, घाइतेहरुको विवरण र उनीहरु उपचाररत अस्पतालबारे जानकारी साझा गरिएको छैन।

ताजा अपडेट

खोजी गर्नुहोस