आज विश्व कविता दिवस

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ चैत्र ७, मंगलबार (२ साल अघि)
  • ७ पटक पढिएको
आज विश्व कविता दिवस

रौतहट,०७ चैत्र। आज विश्व कविता दिवस मनाइँदै छ । दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान लगायत साहित्यसँग सम्बन्धित सङ्घ संस्थाले विभिन्न कार्यक्रम गर्दै छन् ।

सन् १९९९ मा संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले हरेक मार्च २१ तारिखलाई विश्व कविता दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । नेपालमा सन् २००२ देखि कविता दिवस मनाउन थालिएको हो ।

कविताले मानिसको वाक स्वतन्त्रतालाई बल पुर्याउने भएकाले समृद्ध समाजका लागि निकै महत्त्वपूर्ण रहेको युनेस्कोले जनाएको छ । कविता जुन भाषामा लेखिएको भए पनि यसले मानवीय संवेदना, साझा प्रश्न, साझा भावनालाई समेट्ने बुझाइ छ । 

ताजा अपडेट

खोजी गर्नुहोस