टिप्पर दुर्घटना हुँदा टिप्पर चालकको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ चैत्र १०, शुक्रबार (२ साल अघि)
  • २ पटक पढिएको
टिप्पर दुर्घटना हुँदा टिप्पर चालकको मृत्यु

रौतहट,१० चैत्र। धादिङको थाक्रे गाउँपालिका ७ राम्चेमा  टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धादिङकै राम्चेका अन्जन तामाङको मृत्यु भएको हो ।
 
दुर्घटनामा परेर गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर शुक्रबार बिहान साढे ३ बजे मृत्यु भएको हो ।

हाप्सेचौरबाट बज्रकाली स्थित ढुङ्गा खानीतर्फ जाँदै गरेको बा २ क ४७०० नम्बरको  टिप्पर शुक्रबार अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो । 

ताजा अपडेट

खोजी गर्नुहोस