मिटरब्याज पिडितको आन्दोलनमा हाम्रो समर्थन छ : मुख्यमन्त्री सरोजकुमार यादव

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ चैत्र १५, बुधबार (२ साल अघि)
  • ५ पटक पढिएको
मिटरब्याज पिडितको आन्दोलनमा हाम्रो समर्थन छ : मुख्यमन्त्री सरोजकुमार यादव

रौतहट,१५ चैत्र। मधेश प्रदेश सरकारले मिटरब्याज पीडितको आन्दोलनमा आफ्नो समर्थन रहेको बताएको  छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार बिहान एक विज्ञप्ति जारी गर्दै मिटरब्याज पीडितको हरेक पाइलामा सर्थन रहेको बताउँदै यो समस्या समाधानका लागि संयुक्तरुपमा लड्नुपर्ने बताएका छन् ।

‘गरीब झन् गरीब हुने, भएको सम्पत्तिसमेत स्वाहा हुने राष्ट्रिय समृद्धिको बाधक यो समस्याविरुद्ध संयुक्तरुपमा लड्न म मधेश प्रदेश सरकारको तर्फबाट सारा विद्वत वर्ग, चिन्तक, योजना विद्, विज्ञहरुलाई आह्वान गर्द्छु,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

मधेश प्रदेश सरकारले जारी गरेको विज्ञप्ति:

ताजा अपडेट

खोजी गर्नुहोस