जनमत पार्टीका खानेपानी मन्त्री रहेका अब्दुल खानले दिए राजीनामा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ चैत्र १७, शुक्रबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

रौतहट,१७ चैत्र। जनमत पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाए पछि सरकार छाडेको छ ।

जनमत पार्टीबाट खानेपानी मन्त्री रहेका अब्दुल खानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामु राजीनामा गरेका छन् ।

जनमत पार्टीले एउटा मात्र मन्त्रालय पाउने हो भने उद्योग मन्त्रालय पाउनु पर्ने र उद्योग नपाए दुई वटा मन्त्रालय दिनु पर्ने माग राखेको थियो ।

‘आफ्नो असन्तुष्टि प्रधानमन्त्री सामु राख्छु । उहाँसँगको कुरापछि थप के गर्ने तय हुन्छ’, प्रधानमन्त्रीलाई भेट्न जानुअघि खानले अनलाइनखबरसित भनेका थिए । तर उनले भेट लगत्तै राजीनामा नै बुझाएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस