उपचुनावका लागि तनहुँ र बारामा २६ दल दर्ता

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ चैत्र १७, शुक्रबार (२ साल अघि)
  • २ पटक पढिएको
उपचुनावका लागि तनहुँ र बारामा २६ दल दर्ता

रौतहट,१७ चैत्र। आउँदाे वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यकाे उपचुनावका लागि दर्ता भएका राजनीतिक दलकाे विवरण सार्वजनिक भएकाे छ । निर्वाचन आयोगले शुक्रवार उपचुनावका लागि दर्ता भएका राजनीतिक दलको विवरण सार्वजनिक गरेको हाे । 

आयाेगका अनुसार उपचुनावका लागि तनहुँ निर्वाचन क्षेत्र नम्बर १ र बारा निर्वाचन क्षेत्र नम्बर २ का लागि २६ वटा राजनीतिक दल दर्ता भएका छन् । चितवन क्षेत्र नम्बर २ का लागि राजनीतिक दल दर्ताको विवरण यसअघि सार्वजनिक भइसकेको छ । 

उपचुनावका लागि तोकिएबमोजिमको ढाँचामा मतदाता नामावली उपलब्ध गराउने व्यवस्था मिलाउन आयोगले प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस