महिला जनप्रतिनिधिहरुको प्रशिक्षण तालिम गरुडामा सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ चैत्र १९, आईतबार (२ साल अघि)
  • ३ पटक पढिएको
महिला जनप्रतिनिधिहरुको प्रशिक्षण तालिम गरुडामा सम्पन्न

पवन कुमार उपाध्याय

रौतहट,१९ चैत्र। रौतहटको गरूडा नगरपालिकाका महिला जनप्रतिनिधिहरुको ४ दिने प्रशिक्षण तालिम आज आशिर्वाद गेस्ट हाउस गरुडामा सम्पन्न भएको छ।

माण्डवी सँस्थाको आयोजानामा तथा IFES को प्राविधिक सहयोगमा सँचालित शी लिडस् परियोजना अन्तर्गत गरूडा नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुको राजनितिक क्षमतामा विकासका लागि चौथो मोडयूलको ४ दिने प्रशिक्षण तालिम कार्यक्रम सम्पन्न भएको हो । माण्डवी सँस्थाले विगत वर्ष देखि निर्वाचित महिलाहरुको क्षमता विकास सम्बन्धि विभिन्न मोडयूलका प्रशिक्षणहरु दिदै आईरहेको छ ।

चौथो मोडयूलको प्रशिक्षण कार्यक्रम गरुडा नगरपालिकाका १८ जना निर्वाचित महिला जनप्रतिनिधिहरुले सहभागिता रहेको थियो । सो प्रशिक्षण कार्यक्रम आफ्नो व्यक्तिगत उत्थनशीलता,बजेट निर्माण प्रकृया ,योजना तर्जुमाका प्रकृयाहरु,वार्ताका अवस्थाहरु तथा वार्ताका तरिकाहरु लगायत पैरवीका अवस्था तथा पैरवीका तरिकाहरुका बारे जानकारी र शक्ति सम्बन्धि जानकारी तथा प्रशिक्षण समेत गरिएको माण्डवीका अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासले जानकारी गराउनु भयो ।

तालिममा निर्वाचित महिला जनप्रतिनिधिको काम, कर्तव्य, अधिकार र भूमिकाको बारेमा प्रशिक्षण गरिएको छ । स्थानीय तहको योजना निर्माण, योजना छनौट तथा तर्जुमा, बजेट निर्माण प्रक्रिया, बजेट विनियोजन प्रक्रियाका बारेमा प्रशिक्षण गरिएको थिए ।

प्रशिक्षण कार्यक्रमबाट आफुहरुले सिकेका ज्ञानहरुलाई व्यवहारमा लागु गरी आफ्ना वडा वस्तिको विकास गर्ने सहभागिहरुले जानकारी गराए । प्रशिक्षण कार्यक्रम चैत्र १७ गते देखि १९ गते सम्म चलेको थियो छ । सो प्रशिक्षण कार्यक्रममा सहभागीहरुको उत्साह जनक उपस्थिती रहेको प्रशीक्षणद्धय पुनम ठाकुर तथा सँजय कुमार यादवले जानकारी गराएका थिए । सो प्रशिक्षण कार्यक्रममा माणंडवीका सुरेन्द्र राय यादव तथा ममता सिँहको समेत उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस