सप्तरीमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ चैत्र २०, सोमबार (२ साल अघि)
  • ३ पटक पढिएको
सप्तरीमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

रौतहट,२० चैत्र। सप्तरीको बोदेबर्साईन नगरपालिका वार्ड नम्बर ३ सारसरमा ट्याक्टर पल्टिँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक बोदेबर्साईन-१  धनगढी बस्ने अन्दाजी २२ वर्षीय पङ्कज यादव रहेका छन् ।

आइतबार बिहान सारसर पुवारी टोलस्थित भित्री सडक खण्डमा सारसरबाट धनगढीतर्फ जाँदै गरेको  प्र-२-०१-००१ त २५१७  नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा यादवको घटना स्थलमै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सिंहको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस