बारा-२ मा रास्पाबाट रमेश खरेलको उम्मेदवारी दर्ता

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ चैत्र २०, सोमबार (२ साल अघि)
  • ३ पटक पढिएको
बारा-२ मा रास्पाबाट रमेश खरेलको उम्मेदवारी दर्ता

रौतहट,२० चैत्र। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा) बाट पूर्वडीआइजी रमेश खरेलले बारा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

समर्थक र रास्पाका नेताहरुसँगै सोमबार दिउँसो कलैयाको जिल्ला समन्वय समितिको कार्यालयमा स्थापित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका खरेलले बारा-२ को प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो मनोनयन दर्ता गराएका हुन् ।

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित भएपछि रिक्त बनेको बारा-२ मा वैशाख १० गते निर्वाचन आयोगले उपचुनाव गराउँदै छ हुने । सोही उपचुनावका लागि खरेल दावेदार बनेका छन् । 

मंसिरमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौँ-१ मा आफैले नेतृत्व गर्ने नेपाल सुशासन पार्टीबाट प्रतिस्पर्धा गरेका खरेल कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका थिए । उनि उपचुनाव मार्फत आफ्नो भाग्य आजमाउन अब बारा-२ आइपुगेका छन् । 

खरेलसँगै पाँच दलीय गठबन्धनको सहयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उप्रेन्द्र यादव, नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेल र जनमत पार्टीबाट शिवचन्द्र कुशवाहालगायतले पनि यसै क्षेत्रबाट आफ्नो मनोनयन दर्ता गराएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस