रास्वपा सांसद श्रेष्ठको अडियोबारे ७० घण्टाभित्र कार्यावाहि गर्ने सभापति लामिछानेको प्रतिबद्धता

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ चैत्र २६, आईतबार (२ साल अघि)
  • ४ पटक पढिएको
रास्वपा सांसद श्रेष्ठको अडियोबारे ७० घण्टाभित्र कार्यावाहि गर्ने सभापति लामिछानेको प्रतिबद्धता

रौतहट,२६ चैत्र। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको ‘अडियो’ बारे छानबिन गरेर कारबाही गरिछाड्ने बताएका छन् ।

आज नै सांसद् श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो सार्वजनिक भएको थियो । रास्वपाले उनलाई निलम्बन गरेर छानबिन प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ ।

आइतबार अपराह्न बाराको चुनावी सभालाई सम्बोधन गर्दै रविले पैसा मागेको अडियो सार्वजनिक हुन बित्तिकै आफूले सत्यतथ्य छानबिन गर्न निर्देशन दिइसकेको बताए । निर्देशन दिएको दुई घण्टा बितिसकेको भन्दै उनले अबको ७० घण्टाभित्र कारबाही गरिछाड्ने बताए ।

आफूले तोकेको समयमा कारबाही गर्न नसके आफूलाई गढीमाईमा बलि दिए हुने उनको भनाइ छ । “म स्पष्ट पार्न चाहान्छु, भ्रष्टाचारको विषयमा हाम्रो पार्टीको भनाइ, हाम्रो गराइ र हाम्रो कुरा सधैँ एउटै हो ।

चाहे जसले गरोस् । यो अडियो सार्वजनिक हुन बित्तिकै मैले ७२ घण्टाभित्र छानबिन गरेर कारबाही गर्नू भनेर अल्टिमेटम दिएको छु,” उनले भने, “मैले ७२ घण्टे अल्टिमेटम दिएको दुई घण्टा भइसक्यो । अबको ७० घण्टाभित्र सत्यतथ्य सार्वजनिक गरेर कारबाही गर्न सकिनँ भने मलाई यही गढीमाईमा बलि दिनू ।

”उनले अडियोमा भनेजस्तो पैसा माग्ने वरिपरिका भनिएका मान्छेहरूलाई पनि घिसारेर जनताको दैलौमा ल्याउने र सजाय दिने दाबी गरे । “अडियोमा भनिएको रहेछ, मेरा वरपरका मान्छे भनेर । ती को रहेछन्, तिनलाई तपाईंको आगनमा घिसारेर ल्याउन सकिनँ भने तपाईंले भनेको सजाय दिनुहोला,” उनले थपे, “समय गन्दै गर्नुहोला ।”

ताजा अपडेट

खोजी गर्नुहोस