लागू औषधसहित एक युवक पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ चैत्र २८, मंगलबार (२ साल अघि)
  • ४ पटक पढिएको
लागू औषधसहित एक युवक पक्राउ

रौतहट,२८ चैत्र। प्रहरीले मोरङको विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट लागू औषध (खैरो हेरोइन) सहित युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–६ बस्ने २२ वर्षीय राहुल बिक छन् ।

आरोपीको साथबाट प्रहरीले १ ग्राम ९४ मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । राहुलले सो हेरोइन  ४० वर्षीय विमल बहादुर कटवालले बोक्न दिएको बयान दिएका छन् । 

राहुलको बयानका आधारमा राहुललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस