दुर्घटना हुनबाट बच्याे फ्लाइ दुबईकाे जहाज, सामान्य अवस्थामा गन्तव्यतर्फ जाँदै

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० बैशाख ११, सोमबार (२ साल अघि)
  • ३ पटक पढिएको
दुर्घटना हुनबाट बच्याे फ्लाइ दुबईकाे जहाज, सामान्य अवस्थामा गन्तव्यतर्फ जाँदै

वैशाख ११ गते ।
काठमाडौं विमानस्थलबाट टेकअफ गर्नेबित्तिकै दायाँ इन्जिनमा आगो देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आकस्मिक अवतरणको तयारी गरिएको थियो ।
काठमाडौँ — काठमाडौं विमानस्थलबाट टेकअफ गर्नेबित्तिकै दायाँ इन्जिनमा आगो देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आकस्मिक अवतरणको तयारी गरिएको फ्लाई दुबईले दुबईको उडानलाई निरन्तरता दिएको छ ।

नागकिर उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार, आगो नियन्त्रणपछि चालक दलले इन्जिनमा कुनै समस्या नपरेको भन्दै उडानलाई निरन्तरता दिने निर्णय गरेको बताए । विमानले धादिङको धार्केमाथिको आकाशमा केहीबेर फन्को लगाउँदै आगो नियन्त्रण लिएको थियो ।
उनीहरुले काठमाडौं टावरका एटीसीलाई खबर दिएपछि ९:२१ मा बन्द भएको विमानस्थलको धावनमार्ग १०:१ मा खोलिएको थियो । विमानस्थलका एक अधिकारीका अनुसार, आगो नियन्त्रण गर्न विमानस्थलमा ५ टा वारुणयन्त्र तयारी अवस्थामा राखिएका थिए । उक्त विमानमा कति यात्रु थिए खुलिसकेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस