गरुडाको अनिता होटल एण्ड लजमा प्रहरीको छापा, ७ जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० बैशाख २०, बुधबार (२ साल अघि)
  • ४ पटक पढिएको
गरुडाको अनिता होटल एण्ड लजमा प्रहरीको छापा, ७ जना पक्राउ

रौतहट,२० वैशाख। रौतहट गरुडाको एक होटलबाट ७ जना पक्राउ परेका छन ।

रौतहट जिल्ला यौंन धन्दाको अहिले हव बन्दै गएको हो । जिल्लाको मध्यभागमा अवस्थित रहेको गरुडा नगरपालिका अन्तर्गत रहेको अनिता होटेल एण्ड लजमा यौंन धन्धा संचालन गरिरहेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय गौर र ईलाका प्रहरी कार्यालय गरुडामा प्राप्त भएको गोप्य सुचनाको आधारमा प्रहरीले बुधबार अनिता होटल एण्ड लजमा प्रहरीले छापा मारेका थिए । प्रहरीले छापा मारेर २ जना महिला,५ जना पुरुषलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिनु भएको छ । प्रकाउ परेका ७ जनालाई अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा राखिएको छ ।

यौंनधन्धाको आरोपमा दुई महिला,पाँच पुरुष तथा उक्त कार्य गराउने होटेल संचालकलाई अहिले प्रहरी हिरासतमा रहेको त्यस वारे अनुसन्धान पछि यथार्थ जानकारी दिने ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

त्यसतै गत चैत २६ गते गौर नगरपालिका १ स्थित गुदरी बजार जाने गल्लीको बाटोमा साहिवा ब्यूटी पार्लरको आडमा अबैध यौंन धन्धामा संलग्न एक महिला एक पुरुष र व्यूटीपार्लरका संचालिकालाई पक्राउ गरेर मुद्दा चलाइएको थियो ।

रौतहटको गरुडा, चन्द्रपुर नपाको बागमति सहितका विभिन्न स्थानहरुका केही होटेलहरुमा यस्ता अबैध धन्धाहरु संचालन भईरहेको जानकारीमा आएको हुँदा प्रहरीले उक्त अबैध धन्धा गर्ने गराउनेहरुलाई चाँडै नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम कारवाही चलाउने चेतावनी समेत दिएको प्रहरी श्रोतबाट बुझिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस