काभा महिला भलिबल : भारतसँग हार्‍यो नेपाल

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० जेष्ठ १०, बुधबार (२ साल अघि)
  • ३ पटक पढिएको
काभा महिला भलिबल : भारतसँग हार्‍यो नेपाल

रौतहट, १० जेठ सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कपमा किर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा जितेर एक खेल बाँकी रहँदै सेमिफाइनलमा पुगेको नेपाल बुधबार भारतसँग  भने पराजित भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा बुधबार समूह ए को अन्तिम खेलमा भारतले शुरुका २ सेट जितेपछि नेपालले तेस्रो सेट जितेर कमब्याक गर्ने संकेत देखाए पनि अन्ततः प्रतिस्पर्धात्मक चौथो सेट भारतले जितेर खेल जित्यो। 

च्याम्पियनसिपमा नेपालको यो पहिलो हार हो। यसअघिका दुई संस्करणमा नेपाल अपराजित रहँदै च्याम्पियनशिप जितेको थियो। भारतले नेपाललाई २६-१२‚ २६-२४‚ २१-२५ र २५-२१ बाट खेल जितेको हो। भारत पनि आजको खेलअघिका २ खेल लगातार जित्दै सेमिफाइनल पुगिसकेको थियो।

नेपालविरुद्धको जितपछि ३ खेलबाट ८ अंक जोड्दै भारत समूहको शीर्षमा रह्यो भने ३ खेलबाटै नेपाल ७ अंक जोडेर दोस्रो स्थानमा रह्यो।

शुक्रबार हुने सेमिफाइनलमा भारतले उज्वेकिस्तान र नेपालले कजाकस्तानसँग प्रतिस्पर्धा गर्ने छन्। बुधबार नै भएको समूह ‘ए’ को अर्को खेलमा किर्गिस्तानले बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो।

समूह बी मा उज्वेकिस्तानलाई ३-१ को सेटमा पराजित गर्दै कजाकस्तान समूह विजेता बन्दै सेमिफाइनल पुगेको हो।

ताजा अपडेट

खोजी गर्नुहोस