रौतहटको धरहरीमा दुईवटा घरमा आगलागी १० लाख मुल्यबराबरकोे क्षति

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० जेष्ठ १६, मंगलबार (२ साल अघि)
  • ३ पटक पढिएको
रौतहटको धरहरीमा दुईवटा घरमा आगलागी १० लाख मुल्यबराबरकोे क्षति


सागर संगम ठाकुर रौतहट,जेठ १६ गते
रौतहटको देवाही गोनाही नगरपालिका वडा नंं.९ धरहरीमा हिजो दुईवटा घरमा आगलागी हुदा लाखौं मुल्यबराबरको क्षति भएको छ ।
गए राती करिब १२ बजेको समयमा स्थानिय भागवत साह कानु र नन्हक साह कानुको घरमा आगलागी हुदा घर भित्र रहेको अन्नपात लताकपडा भडावरतण गरि कुल १० लाख भन्दा बढी मुल्यबराबरको क्षति भएको पिडित परिवारले बताएका छन ।
घर भित्र बालिएको घुरबाट आगो सल्लकेर आगलागी हुदाँ माटो र खप्डाले छाएको भागवत साहको घर र नन्हक साहको भन्सा घरमा आगलागी भएको पिडित परिवारले जनाएको छ ।
आगलागीबाट भागवत साहको घर भित्र रहेको दुईवटा भैसीं जलेर घाईते भएको छ भने घर भित्र रहेको अन्नपात,भडावरतण,चारवटा ट्रक भित्र राखिएका लताकपडा,एलसिडी १ थान,क्यपियुटर १ थान,ल्यापटप १ थान, सुन चाँदीका गरगहना र बैकबाट झिकेर राखिएका नगद १ लाख ५० हजार रुपैया पुर्ण रुपमा जलेर नष्ट हुदै करिब १० लाख मुल्यबराबरको क्षति भएको पिडितले बताएका छन । आगलागीमा परी कुनै मानविय क्षति नभएको पिडित परिवारले बताए ।
त्यस्तै आगलागीबाट छिमेकी नन्हक साह कानुको भन्सा कोठामा आगलागी हुदाँ घरभित्र रहेका लत्ताकपडा अन्नपात भाडावरतण गरि करिब डेढ लाख मुल्यबराबरको क्षति भएको हो ।
आगलागीलाई नियन्त्रणमा लिन स्थानियबासी र देवाही गोनाहीबाट खटिएका जनपत प्रहरी, शस्त्र प्रहरीको सहयोगमा बुझाइएको थियो ।
आगलागीबारे थप विवरण आउनु बाकींँ रहेको इलाका प्रहरी कार्यलय देवाही गोनाहीका प्रहरी निरिक्षक गोबिन्द साले मौलापुर एफ एमलाई जानकारी दिनु भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस